June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सहायक महाप्रबन्धकले पाए प्रमुखको जिम्मेवारी

सहायक महाप्रबन्धकले पाए प्रमुखको जिम्मेवारी

२२ मंसिर, २०७६, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सहायक महाप्रबन्धक चोलाराज शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिइएको छ ।
यसअघिका सीईओ रामचन्द्र जोशीको पदावधि मंसिर ३० गते सकिने भएकाले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुञ्जेल सम्मको लागि शर्मालाई सीइओको जिम्मेवारी दिइएको हो ।
कम्पनीको मंसिर २० गते बसेको बैठकले पुस १ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।