May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

वित्तीय विवरण प्रकाशित मध्ये सिटि, रिलायन्स र समृद्धि बाहेक सबै नाफामा

वित्तीय विवरण प्रकाशित मध्ये सिटि, रिलायन्स र समृद्धि बाहेक सबै नाफामा

आइतबार २२ मंसिर २०७६
काठमाडौं–चालू आर्थीक वर्षेको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १८ वित्त कम्पनी मध्ये तीनओटा बाहेक सबै नाफामा छन् । सिटी एक्सप्रेस फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा रहेका हुन् । नेप्सेमा सूचीकृत २७ कम्पनीमध्ये हाथवे फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स कम्पनी मर्जरमा गएका छन् भने क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, हिमालयन फाइनान्स, नेपाल फाइनान्स, सम्झना फाइनान्स र नेपाल शेयर मार्केट एन्ड फाइनान्स लिमिटेडले वित्तीय विवरण प्रकाशित गरेका छैनन् । चालू आवको पहिलो त्रैमासमा आईसीएफसी फाइनान्स कम्पनीको नाफा सबैभन्दा बढी ३ करोड ५ लाख छ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको नाफा २ करोड ९६ लाख र पोखरा फाइनान्सको २ करोड ९३ लाख ५९ हजार छ । पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सको नाफा सबैभन्दा बढी २ सय ६९ प्रतिशत ढेको छ । सो अवधिमा कम्पनीले २१ लाख ८८ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा ५ लाख ९३ हजार थियो । १८ कम्पनीको औसत प्रतिशेयर आम्दानी १४ दशमलव ६३ छ ।
हालसम्म ६ कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् । यीमध्ये गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स कम्पनीले ६ दशमलव ५ प्रतिशत नगद लाभांश, आईसीएफसी फाइनान्स कम्पनीले ५ प्रतिशत बोनस शेयर तथा ८ प्रतिशत नगद लाभांश, पोखरा फाइनान्सले ७ प्रतिशत बोनस शेयर तथा ७ दशमलव २० प्रतिशत नगद लाभांश र युनाइटेड फाइनान्सले ३ प्रतिशत बोनस शेयर तथा ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका हुन् । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले शेयरधनीलाई १६ दशमलव ६५ प्रतिशत नगद लाभांश तथा २ दशमलव ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ११ गते साधारणसभा आयोजना गरेको हो । जानकी फाइनान्सले २२ प्रतिशत बोनस शेयर तथा १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।