May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

दोहोरो ल्याब परीक्षणले चिया निर्यात घट्यो

दोहोरो ल्याब परीक्षणले चिया निर्यात घट्यो

आइतवार २३, मंसिर २०७६
आन्तरिक खपत बढनुका साथै चिया निर्यातको प्रक्रिया झन्झटिलो भएको हुदाँ चिया निर्यातमा कमी आएको छ । नेपालमा ल्याब परिक्षणबाट गुणस्तरीय ठहरीएको चियालाई भारत लगायतका तेस्रो मुलुकमा प्रक्रिया नपुगेको भन्दै पुन ल्याब परीक्षण गर्न लगाउने हुनाले नेपाली चियामा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यही झन्झटीलो प्रक्रियामा नेपाली चिया फस्न निर्यातमा समस्या देखिएको हो । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चियाको निर्यात करिब २५ प्रतिशतले घटेको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका अनुसार साउनदेखि कात्तिकसम्म १ अर्ब १६ करोड ८८ लाख ९६ हजार रुपैया बराबरको चिया निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ७ प्रतिशत अर्थात ३८ करोड ४१ लाख ३१ हजार रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्ष १ अर्ब ५५ करोड ३० लाख २७ हजार रुपैयाँको चिया निर्यात भएको थियो ।