यि बन्दैछिन् संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्री

यि बन्दैछिन् संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्री

२३ मंसिर, २०७६, काठमाण्डौ । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्री हुने भएकी छन् । रोचक त के छ भने, उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन् ।
वर्तमान प्रधानमन्त्री आन्ती रेनेले विश्वासको मत गुमाएपछि राजीनामा दिएका छन् । उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ ।
हाल विश्वका कम उमेरका प्रधानमन्त्रीमध्ये युक्रेनका ३५ वर्षीय ओलेक्सेइ होन्चारुक र उनीपछि न्युजिल्यान्डकी ३९ वर्षीया जासिन्डा आर्डेन छन् ।(एजेन्सी)