संसदको हिउँदे अधिबेशन पुस चारमा

संसदको हिउँदे अधिबेशन पुस चारमा

मंगलबार २४ मंसिर २०७६ काठमाडौं
आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले राष्टिपति समक्ष सिफारिस गरेको हो । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।
संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए । आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ । यस बारेमा समेत प्रधानमन्त्री र उप सभामुख विचमा कुरा चलेको स्रोतले खुलाएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि पदबाट राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ । उक्त पदमा निर्वाचन हुने छ ।