April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

तारागाँउ रिजेन्सीको लाभांश प्रस्ताव

तारागाँउ रिजेन्सीको लाभांश प्रस्ताव

मंसिर २४, काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।