May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

एफक्यान एक्सिलेन्स अवार्ड’को कालिका कन्स्ट्रक्सनलाई

एफक्यान एक्सिलेन्स अवार्ड’को कालिका कन्स्ट्रक्सनलाई

मंगलबार २४ मंसिर २०७६ काठमाडौं ,

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघसंस्था तथा फर्म–कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले पाएको छ । सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले दिइएको छ । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्सनले पाएको छ । बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवाले हात पारेको छ । बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डसले जित्यो ।
नयाँबाटो निर्माणले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइ एस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आशीर्वाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।
भूगोल अन्र्तगत हिमाल तर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण सघले अवार्ड हात पारेका छन् । उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए बापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरिएको छ ।