June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सकियो दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण, पदक भने यस्तो

सकियो दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण, पदक भने यस्तो

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भएको छ । ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक रुपमा सफल भएको हो । समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।