April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सिभिल बैंकले संस्थापक शेयर लिलामी गर्दै

सिभिल बैंकले संस्थापक शेयर लिलामी गर्दै

२५ मंसिर, २०७६, काठमाण्डौ । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बैंकले प्रतिशेयर रू. १०० दरमा २० लाख ३० हजार ५९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पुस ८ गते भित्र बैंकको शेयर रजिष्टार सिभिल क्यापिटल मार्केटमा शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरमा आवेदन दिनको लागि मंसिर २४ गतेदेखि पुस ८ गतेसम्म अवधि तोकिएको छ ।