April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एभरेष्ट बैंकको साधारण सभा कहिले?

एभरेष्ट बैंकको साधारण सभा कहिले?

२५ मंसिर, २०७६, काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ । बैंकले बिहान ११ बजे लौनचौर ब्यांक्वेट, काठमाडौंमा सभा बोलाएको हो ।
साधारण सभाको प्रस्तावमा शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने, बैंकले जारी गरेको ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने तथा विविध विषयमा छलफल गर्नेछ् ।
बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका पुस ४ गतेदेखि २३ गतेसम्म बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।