May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

अर्थमन्त्री बाहिरीने हाल्लासँगै सेयर बजार परिसूचक उकाला

मङ्सिर २६ काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद माघमा सकिँदै भन्ने समाचार बाहिर आएसँगै सेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । साताको पहिलो दिन आइतबार झिनो अंकले बढेको बजार सोमबार एकैपटक १३ अंक भन्दा बढीले उकालो लागेको थियो । त्यस्तै मंगलबार सामान्य सुधार भएको बजार बुधबार १०.११ अंकले उकालो लागेको छ । साताको सुरुवातदेखि नै अर्थमन्त्रीको अवधि सकिन लागेको समाचार बाहिरिन थालेपछि बजार उकालो लाग्न थालेको हो । अर्थमन्त्रीसँग अत्यधिक नकारात्मक धारणा बनाएका लगानीकर्ताहरुले अर्थमन्त्रीको कार्यकाल यही माघमा सकिने समाचार बाहिर आएपछि बजारमा लगानी गर्न थालेको बताइएको छ । सामान्यतयाः नेपालको सेयर बजारका लगानीकर्ताहरु कम्पनीको शुष्म विश्लेषण गर्न भन्दा पनि हल्लाको पछाडि लागेर दोस्रो बजारमा लगानी गर्ने गरेका छन् ।