April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

एडीबीले ग¥यो नेपालको विकासमा सहयोग , ४० अर्ब ऋण दिने

एडीबीले ग¥यो नेपालको  विकासमा सहयोग , ४० अर्ब ऋण दिने

२८ मंसिर, २०७६, काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) ले चारवटा नयाँ परियोजनाका लागि करिब ४० अर्ब रुपैयाँ (३५ करोड ८० लाख अमेरिकी डलर) ऋण दिने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका नेपालस्थित ‘कन्ट्री डाइरेक्टर’ मुख्तोर खामुदखानोभले ऋण सहयोग सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन् ।
ऋणमध्ये करिब २२ अर्ब रुपैयाँ (१९ करोड ५० लाख डलर) पोखरा–मुग्लिङ राजमार्गको स्तरोन्नतिमा खर्च हुनेछ । वागमती नदी व्यवस्थापन र प्रदूषण नियन्त्रणमा करिब ७ अर्ब (६ करोड ३० लाख डलर) खर्च गर्ने भएको छ । यस्तै पशुपालन तथा साना किसानको आय आर्जन सुदृढीकरण परियोजनामा साढे ५ अर्ब रुपैयाँ (५ करोड डलर) खर्च हुनेछ ।
अर्को साढे ५ अर्ब रुपैयाँ (५ करोड डलर) भने सरकारको कृषि तथा खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारका लागि खर्च गरिने छ । सम्झौतामा हस्ताक्षरपछि सचिव खनालले पूर्वाधार, कृषि र ग्रामीण वित्तजस्ता अर्थतन्त्रको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न लागिएको हो । वनस्पतिको प्राविधिक परीक्षण र त्यसको मूल्यांकनमा नियामकीय एवम् संस्थागत क्षमता अभिवृद्धिमा पनि यो परियोजनाले काम गर्नेछ ।
अहिले पनि नेपालसँग दक्षता कमजोर भएको खबर सार्वजनिक भइरहँदा एडीबीले यस्तो परियोजना सञ्चालन गर्न लागेको हो । ग्रामीण उद्यमशीलता विकास कार्यक्रमले भने लघु तथा घरेलु उद्यम र सहकारीमा आधारित व्यवसायलाई सघाउ पु¥याउनेछ । सरकारले उक्त ऋण परिचालन गर्ने कार्यक्रम स्वीकृत गरेपछि मंगलबार सम्झौतामा हस्ताक्षर गरेको हा । यसबाहेक उक्त सम्झौताको कार्यान्वयनपछि मुलुकको विदेशी विनिमय सञ्चितिमा पनि महत्वपूर्ण सहयोग पुग्नेछ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार एडीबीको उक्त ऋण सहायता रकम मुलुकको कुल विदेशी विनिमय सञ्चितिको साढे ३ प्रतिशतभन्दा बढी हो ।
पोखरा देखि आबुखैरेनीसम्म ८१ किलोमिटर सडकखण्डलाई चार लेनमा विस्तार गरिनेछ । यस सडकमा ट्राफिक लाइट र अन्य चेतावनीमूलक चिन्हसँगै सडकबार निर्माण गरिनेछ । यस्तै वागमती नदी किनारलाई सजाएर काठमाडौं सहरको सौन्दर्य थप्ने एडीबीले जारी गरेको वक्तव्यमा उल्लेख छ । उक्त परियोजना अन्तर्गत नै फोहोर पानी प्रशोधन गर्ने प्लान्ट स्थापना हुनेछ । यसले नदीमा सफा पानी बहाउन सहयोग गर्नेछ । खाद्य सुरक्षा तथा कृषिको बजारीकरण परियोजनाले खाद्य सुरक्षा र गुणस्तर नियन्त्रण प्रणालीको सुदृढीकरणमा सहयोग पुग्ने छ । यस परियोजनाले कृषिजन्य वस्तुको निर्यात प्रवद्र्धनमा समेत काम गर्नेछ ।