May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

उपत्यकामा मौसम सुधार, अन्य क्षेत्रमा हिमपात र बर्षा

उपत्यकामा मौसम सुधार, अन्य क्षेत्रमा हिमपात र बर्षा

मंसिर २८, २०७६ काठमाडौं ।
देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ  । हिमपात र वर्षासँगै चिसो बढेको छ  ।
शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद्ले जनाएका छन् ।
मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।
तराई तथा पूर्वी पहाडी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार आए पनि मुलुकको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायम नै रहने मौसम विज्ञान विभागको छ ।
त्यसैगरी आइतबार दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका थोरै स्थानहरूका साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको विभाग जनाएको छ । महाशाखाका अनुसार शनिबार धनगढीमा सबभन्दा बढी ६४.९ मिलिमिटर पानी परेको मापन गरिएको छ । नेपालमा चैत, वैशाख र जेठ महिनालाई ‘प्रि–मनसुन’, असार, साउन, भदौ र असोज १५ गतेसम्मलाई ‘मनसुन’ र असोज १५ देखि फागुनसम्मलाई जाडो (विन्टर) मौसम भन्ने गरिन्छ ।