May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

२ अर्ब १३ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन हुँदै

२ अर्ब १३ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन हुँदै

मंसिर २९, काठमाडौं ।
विभिन्न जलविद्युत् आयोजनाले सर्वसाधारणबाट लगानी जुटाउन २ अर्ब १३ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । नाम चलेका र नचलेको गरी ९ कम्पनीले धितोपत्र बोर्डमा सेयर निष्कासनको लागि अनुमति माग्दै निवेदन दिएका छन् । माउन्टेन इनर्जी नेपाल, तेह्रथुम पावर जलविद्युत, युनाइटेड इद मार्दी एन्ड आरबी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, हिमालयन हाइड्रोपावर, सुभम पावर र मैलुङखोला जलविद्युत् कम्पनी अनुमति प्रक्रियामा छन् । सिंगटी हाइड्रोपावर कम्पनी र सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) बीच सामान्य विवाद देखिएकाले कम्पनीको अनुमति प्रक्रिया लम्बिरहेको छ । लिवर्टी इनर्जी कम्पनी र ग्रिन लाइफ हाइड्रोपावर लिमिटेड भने स्वीकृतिको अन्तिम चरणमा छन् । मैलुङ खोला जलविद्युत् कम्पनीले धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएको बर्ष दिन पुगेको छ । यो कम्पनीले ग्रेड ५ रेटिङ पाएपछि निस्कासन रोकिएको थियो । ग्रेड ५ पाएका कम्पनीले कम्पनीहरूले सेयर निष्कासनको अनुमति नपाउने व्यवस्था अनुरुप यस्को निष्कासन रोकिएको हो ।