May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

एनआईसी एशिया र फूडमान्डूबीच सम्झौता

एनआईसी एशिया र फूडमान्डूबीच सम्झौता

आइतबार २९ मंसिर २०७६
काठमाडौं – एनआईसी एशिया बैंक र फुडमान्डू प्रालि बीच एनआईसी एशियाको डिजिटल भुक्तानीमार्फत फूडमान्डूको सेवाशुल्क भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फूडमान्डूका प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले शुक्रवार हस्ताक्षर गरे बैंकका देशभर ३१० शाखा, ४०२ एटीएम, ९५ ओटा एक्स्टेन्शन काउन्टर एवं ४४ ओटा शाखारहित सेवा सञ्चालनमा छन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले फूडमान्डूबाट खाने कुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । सम्झौताअनुसार सीमित अवधिका लागि एनआईसी लगायत अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फूडमान्डूबाट खाने कुरा अर्डर गरीे क्यूआर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतमब रू. ४०० रुपैयाँसम्म छूट पाउनेछन् ।