सिद्धार्थ बैंकको शाखा जनकपुरको रामानन्द चोकमा विस्तार

सिद्धार्थ बैंकको शाखा जनकपुरको रामानन्द चोकमा विस्तार

आइतबार २९, मंसिर २०७६, काठमाडौं –
सिद्धार्थ बैंकले आप्ःनो शाखा विस्तार गर्ने क्रममा शुक्रवार जनकपुरको रामानन्द चोकस्थित शाखा कार्यालयको उद्घाटन गरेको छ । उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए । बैंकले रामानन्द चोक शाखाबाट सेवा सञ्चालन गत भदौ ९ गतेदेखि शुरू गरेको थियो । बैंकले देशभर १७५ ओटा शाखा (४ एक्सटेन्शन काउन्टरसहित), १०१ ओटा शाखारहित सेवा, १९४ एटीएम र १ हजार ६०० भन्दा बढी पीओएस मेशिन सञ्चालन गर्दै आर्थिक विकासमा सहयोग पु¥याउदै आएको छ ।