April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

रहेनन चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराई

रहेनन चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराई

मंसिर ३०, २०७६ काठमाडौं ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे चावहिल स्थित ओम अस्पतालमा निधन भएको हो । अकस्मात बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगिपनि पुग्नु अगाडि नै उनको निधन भैसकेको स्रोतले जनाएको छ । उनी एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष भएका थिए । भण्डै ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराईले दर्जनौ ठूला चलचित्रमा अभिनय र निमार्ण गरेका छन् । देवरवावु, छोडी गए पाप लाग्ला, आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, सो सिम्पल’ लगायतका उनले निमार्ण गरेका चलचित्र चर्चामा छन् ।