April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नेपाल मेडिकल टुरिजम एसिया समिट पुष ११ देखि काठमाडौमा हुँदै

नेपाल मेडिकल टुरिजम एसिया समिट पुष ११ देखि काठमाडौमा हुँदै

मंसिर ३०, काठमाडौं ।

नेपाल मेडिकल टुरिजम एसिया समिट कामाडौंमा हुने भएको छ । नेपालमा मेडिकल टुरिजमको बिकासको लागि एक्सप्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श तथा नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनले यही पुष ११-­१२ गते बाट दोश्रो पटक नेपाल मेडिकल टुरिजम एसिया समिटको आयोजना गर्ने भएको छ । होटल याक एण्ड यतीमा २ दिन सम्म चल्ने समिटमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, मेनमार, जर्मन, अ‍ेमरिका लगाएतका विशेषज्ञ डाक्टर, स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य प्राविधिकहरुको जमघट हुनेछ । एक आपसमा प्रविधि, ज्ञान, अनुभव अदानप्रदान तथा लगानी, साझेदारीका बिषय बस्तुहरुमा B2B बैठक तथा प्रदर्शन हुनेछ । नेपालमा मेडिकल टुरिजमको प्रचुर सम्भावना भएको र हालको स्वास्थ्यसेवा सुविधालाई चुस्त बनाई विदेशबाट उपचारको लागि बिदेशी प्रविधि, जनशक्ति तथा अस्पतालसँग सहकार्य गरी नेपाली अस्पताललाई अन्र्तराष्ट्रिय रुपमा प्रबद्र्धन गर्दे बिदेशी रिमिटेन्स भित्राउने यो समिटको प्रमुख उद्येश्य रहेको नेपाल मेडिकल टुरिजम अर्गनाईजेशका प्रमुख कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

 नेपाल पर्यटनको लागि विदेशी पर्यटकहरुको प्रमुख रोजाईमा पर्दछ, यस्तो अवस्थामा हुन लागेको सम्मेलन केबल सम्मेलन मात्र नभई नेपालमा आउने पर्यटकहरुलाई स्वास्थ्य सेवाका प्याकेजहरु प्रोमोट गरी उनीहरुको बसाई लम्ब्याई पर्यटन बर्ष २०२० लाई सफल पार्न समेत मद्यत गर्ने विश्वास आयोजक पक्षको

बिदेशमा उपचार गर्न जाने नेपाली बिरामी मध्येमा ८० प्रतिशत भारत, १० प्रतिशत बैंकक÷ सिंगापुर तथा १० प्रतिशत अमेरिका, क्यानाडा जाने गरेको देखिन्छ । उपचारको लागि नेपालदेखि बाहिर जानेक्रमलाई रोक्नको लागि अस्पतालले गर्नुपर्ने भूमिका, गुणस्तरबृद्धि, गुणस्तरिय प्रविधि तथा प्राविधिकको खाँचो भएकोले यसको सहकार्य तथा सहजताको लागि यो समिटले ठुलो भुमिका खेल्नेछ ।

मेडिकल टुरिजमको इतिहास हेर्नेहो भने छिमेकी देश भरतमा बिलियन डलरको कारोबार गर्दछ मेडिकलबाटै भारतले ठुलो मात्रामा रोजगार सृर्जना गरकोछ भारत सरकारलेनै मेडिकल टुरिजम प्रबर्दन गर्दछ स्वास्थ्य क्षेत्रलाई प्रबद्र्धन गर्न यससँग जोडिएका क्षेत्रहरु जस्तै मेडिकल ईन्सुरेन्स, क्यासलेस ईन्सुरेन्स पोलिसी, थर्ड पार्टी एड्मिनिस्ट्रशन (TPA), मेडिकल टुरिजम फेसिलिटेटर तथा एजेन्सी, मेडिकल ईमरजेन्सी रेस्क्यु एजेन्सीहरुलाई सुपरिवेक्षेण तथा रेगुलेटर गरी व्यवसायिक रुपमा अगाडि बडाउन नेपाल सरकारका सम्बन्धीत निकायले आफै initiation लिनुपर्ने हुन्छ सरकारको साथभएमा उपचारको लागि बाहिरीने अरबौ रुपैया स्वदेशमै बस्दछ  बिदेशी पर्यटक बिरामीदेखि डलर आयत हुने हुँदा देशलाई बाह्य आर्थिक नोक्सानीबाट बचाउन सहयोग गर्दछ मेडिकल टुरिजम बिकासको लागि नेपाल सरकारलेनै बार्षिक बजेट बिनियोजन गर्नुपर्ने अवस्थामा निजी क्षेत्रबाट नै यस्तो मेला आयोजना हुनुलाई सकारात्मक रुपमा हेरिएको मेला अवधिभरी चिकित्सक, नर्स तथा स्वास्थ्य प्राकिधिक तथा स्वास्थ्य व्यवसायिहरुलाई  निशुल्क प्रबेशको व्यवस्था गरिएको आयोजकले जनाएको