May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सिद्धार्थ बैंकद्वारा पर्नस््थापना केन्द्रलाई १० लाख सहयोग)

सिद्धार्थ बैंकद्वारा पर्नस््थापना केन्द्रलाई १० लाख सहयोग)


सोमबार ३० मंसिर २०७६
काठमाडौं – सिद्धार्थ बैंकले आइतवार काभ्रेकोे बनेपा स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका देशभर १७५ ओटा शाखा (४ एक्स्टेन्शन काउन्टरसहित), १०१ शाखारहित सेवा, १९५ एटीएम र १ हजार ६०० भन्दा बढी पीओएस मेशिन सञ्चालनमा छन् । केन्द्रलाई बैंकले उक्त रकम बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया र फिजियोथेरापी गर्न तथा उनीहरूलाई आवश्यक सामाग्री प्रदान गर्र्ने गरेको हो । कार्यक्रमबाट बारा र पर्साका २०० अपांग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । सहयोग रकम बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी चिकित्सा निर्देशक डा. विवेक बास्कोटालाई एक समारोह बीच प्रदान गरे ।