May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

काठमाडौंको भंगालमा कामना सेवा बैंकको शाखा

काठमाडौंको भंगालमा कामना सेवा बैंकको शाखा

०१ पौष, २०७६, काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा आइतवारदेखि आफ्नो १०७ औं शाखा सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका भावी कार्ययोजना तथा रणनीतिबारे प्रकाश पारे ।
बैंकका देशभर १०७ ओटा शाखा तथा ५६ ओटा एटीएम सञ्चालनमा छन् । शाखाको उद्घघाटन सोही नगरपालिकाका प्रमुख उद्दवप्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदीप आचार्यले गरेका थिए ।