June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल एसबीआई बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबीआई बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न

०१ पौष, २०७६, काठमाण्डौ । नेपाल एसबीआई बैंकले २६ औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न गरेको छ । । बैंकले उक्त आर्थिक वर्षेमा रू. ३ अर्ब १२ करोेड ३९ लाख सञ्चालन मुनाफा र रू. २ अर्ब २९ करोड २५ लाख खुद मुनाफा गरेको छ ।
सभाले आर्थिक वर्षे २०७५ र ७६ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण लगायत पारित ग¥यो । सभाले आर्थिक वर्षे २०७६ र ७७ को लेखापरीक्षण गर्न मेशर्स पिकेएफ टीआर उपाध्याय एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।
सभाले शेयरधनीहरूका लागि १६ दशमलव ८४ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनस शेयर र १० दशमलव ८४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबीआई मर्चेन्ट बंैकिङको आर्थिक वर्षे २०७५ र ०७६ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।