April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

भयो डिजेल र मट्टीतेलमा मूल्य वृद्धि

भयो डिजेल र मट्टीतेलमा मूल्य वृद्धि

०२ पौष, २०७६,काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । हिजो (१ पुस) राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एकले वृद्धि गरी मूल्य समायोजन गरिएकोे जानकारी स्रोतले दिएको छ ।
पेट्रोलियम पदार्थको नयाँ अन्तर्रा्ष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि, २०७१ अनुसार मूल्य बढाइएको स्रोतले दावी गरेको छ । निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको बताइएको छ ।

निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।