June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल ह्याचरी उद्योगको ज्याजती, ३० लाख जिउँदो चल्ला मारियो

नेपाल ह्याचरी उद्योगको ज्याजती, ३० लाख जिउँदो चल्ला मारियो

पुष २, काठमाडौं ।
नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा हालेर नष्ट गरेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले करिब १५ करोड पर्ने चल्ला नष्ट गरेको हो । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको हो । संघले यस अगाडि दस दिनको लागि चल्ला उत्पादन नगर्ने निर्णय गरेको थियो । यही नीति अनुरुप संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेका छन् । व्यावसायिक लाभ लिन साना तथा ठूला फर्ममा पसेर जिउँदो चल्ला मार्ने गरेका छन् । संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगलाई पनि बाध्य पारेको छ । निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अण्डा नष्ट गर्दै आएका छन् । काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको छ । संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन् । यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन् ।
संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेका छन् । मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेका हुन् ।
संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले कुखुरा व्यवसाय व्यवस्थित गर्न तथा किसानलाई लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरिएको बताए । उनका अनुसार चल्ला नष्ट गर्ने अभियान एक सातासम्म जारी रहनेछ । अध्यक्ष पोखरेलका अनुसार यसो गर्दा बजारमा एक सातामा ३० लाख चल्ला माग हुन्छ । तर ४५ लाख चल्ला उत्पादन भइरहेको छ । १० दिनमा ६० लाख चल्ला उत्पादन हुन्छ । ६० लाख चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ । मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघले गरेको छ । संघले मूल्य बढाउन चल्ला मार्न थोपछि त्यस्को चौतर्फि विरोध भएको छ ।