May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सहकारीलाई गाभिन दवाव दिदै महानगरपालिका

सहकारीलाई गाभिन दवाव दिदै महानगरपालिका

पुष ३, काठमाडौं ।
आफू पक्षधर केही सदस्य समुह बनाएर सहकारी दर्ता गर्दे सर्वसाधराबाट पैसा उठाएर आफ्नो समुहलाई हित हुने कार्य गरेका थुपै्र उदाहरण छन् । समुहमा आफ्ना मान्छे राख्ने आफूअनुकुल निणर्य गराउँने अनी सानो समुहमा रमाउने कार्यलाई काठमाडौँ महानगरपालि (कामनपा)ले लगाम लगाउने भएको छ । कामनपा मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सख्यामा सीमित गर्ने मर्जर अभियान जारी गर्ने भएको छ ।
हकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सातवटा सहकारी गाभ्न सहमतिका लागि पत्र पठाइसकिएको काठमाडौँ महानगरपालिकाका सहकारी ऐन २०७४ र कामनपाको सहकारी ऐन २०७४ मा भएको व्यवस्था अनुसार साना सहकारी संस्थाको एकीकरण (मर्जर) सुरु तयारी भएको हो । सहकारी मर्जर भएर, दुई वर्षदेखि निष्क्रिय सहकारीको लाइसेन्स खारेज गरेर, झोले सहकारीलाई कारबाही गर्ने, दोहोरो सदस्यता खारेज गर्ने र ऐन अनुसारको कारबाही प्रक्रिया अघि बढाएपछि सहकारीको सख्या घट्ने भएको हो । काठमाडौँ महानगरपालिकामा रहेका एक हजार ८४८ सहकारीमा ५२ अर्ब रुपियाँ बचत सङ्कलन रहेको छ । छ अर्ब रुपियाँको पुँजी छ । ४२ अर्ब रुपियाँ कर्जा प्रवाह छ । दुई लाख जनसख्या सदस्य छन् । एक हजार ६३८ वटा बचत तथा ऋण सहकारी छन् । १३३ वटा बहुउद्देश्यीय सहकारी छन् । जसमा ४७ वटा सहकारीमा महिला मात्र सदस्य रहेर सञ्चालनमा छन् । एक हजार आठ सय ५६ सहकारीको कारोबार विवरण अनलाइनमार्फत सुरु भएको छ ।