April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेपाल बैंकका शेयरधनीहरुले पाउने भए लाभांश

नेपाल बैंकका शेयरधनीहरुले पाउने भए लाभांश

०३ पौष, २०७६,काठमाण्डौ । करिब दुई दशकपछि प्रस्ताव गरेको लाभांश पारित गर्न नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीका अनुसार नेपाल बैंकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको हो । उनका अनुसार नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भई आएकोले साधारणसभाको मिति टुंगो लगाइएको हो ।
लामो समयदेखि खराब ऋणका कारण नेपाल बैंकले दुई दशक भन्दा बढी समयदेखि सेयरधनीहरुलाई लाभांश वितरण गर्न सकेको थिएन । बैंकले गत आर्थिक २०७५र ७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । गत वर्ष बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । सञ्चित नोक्सानीका कारण नेपाल बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाउँदै आएको थियो ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेकोले अब साधारणसभाबाट अनुमोदन गर्दै नेपाल बैंकका शेयरधनीहरुले पाउने छन् ।