May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टरः कोशी अस्पतालमा आउने बिरामीलाई अस्पतालको सेवा लिन सहज

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टरः कोशी अस्पतालमा आउने बिरामीलाई अस्पतालको सेवा लिन सहज

०३ पौष, २०७६,काठमाण्डौ । प्रभु बैंकले मोरङको विराटनगर महानगरपालिका–७ स्थित कोशी अस्पतालमा सोमवारदेखि आफ्नो एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ ।
यसबाट कोशी अस्पतालमा आउने बिरामीलाई अस्पतालका सेवा लिन सहज हुने बैंकले विश्वास लिएको छ । यससँगै अस्पतालका सेवाग्राहीले बुझाउनुपर्ने जुनसुकै रकम बैंकको एक्स्टेन्शन काउन्टरमा जम्मा गर्न सक्ने छन् ।
काउन्टरको अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले एक कार्यक्रमबीच उद्घघाटन गरे । उक्त काउन्टर सार्वजनिक बिदाबाहेकका दिन बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म खुल्नेछ् ।