June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

यसरी बनाउनुस् जाडोमा तात्तातो सुप

यसरी बनाउनुस् जाडोमा तात्तातो सुप

०३ पौष, २०७६,काठमाण्डौ । पौष लागेसँगै हामीलाई जाडो निकै बढेको आभाष भइरहेको छ । जब जाडो बढ्छ तब हामीलाई भोक पनि बढ्न थालेको अनुभव हुन्छ । जाडोको समयमा चिसोका कारणले धेरै भोक लाग्छ । चिसोमा काम गर्न खासै जागर पनि चल्दैन । वाहीर निस्कदा पनी चिसोको डरले हामी घरमै बसेर घरमा सजिलै पाइने सामग्रीहरूको प्रयोग गरेर जाडोमा छिटो र मिठो खाने कुरा खान खोजीरहेका हुन्छौ ।
चिसो मौसममा तातो हुनका लागि होस् वा रुघाखोखी निको पार्नका लागि सुप निकै उपयोगी हुने गर्छ । तातो सुपले मुखको स्वाद फेरिनुका साथै घरमा बनाएको हुदा स्वास्थ्यको लागि हानि गर्दैन। सुपले जाडोमा शरीरको तापमान सन्तुलनमा राख्छ र पाचन यन्त्रलाई सहज बनाउँछ । जाडोयाममा भोक लागिरहन्छ । भोक लागेपिच्छे खाना खाने हो भने मोटोपनको जोखिम बढ्छ । तर, सुप सेवन गर्दा त्यस्तो डर समेत हुँदैन ।
त्यसैले आज हामी घरमै उपलब्ध हुने सामग्रीको प्रयोग गरेर जाडोमा तात्तातो सुप बनाउने विधि वताउँदैछौ जुन भेज तथा नन भेज दुवैलाई काम लाग्छ ।


खसीको खुट्टाको सुप
आवश्यक सामग्रीः
१.एउटा खसीका चारवटा खुट्टा
२.बेसार एक चम्चा
३.तेल दुई चम्चा
४.जिराको धूलो आधा चम्चा
५.धनियाँको धूलो आधा चम्चा
६.लसुनको लेदो आधा चम्चा
७. अदुवाको लेदो आधा चम्चा
८. मुंगको दाल पचास ग्राम
९. हरियो धनियाँ एक मुठा
१०.नुन स्वादअनुसार ।

बनाउने विधिः
खसीको खुट्टालाई सफा गरेर स–साना टुक्रा बनाउने ।
प्रेसर कुकरमा तेलमा भुट्ने ।
त्यसपछि सबै मसला हालेर एकछिन भुट्ने ।
अब मुंगको भिजाएको दाल हालेर खुट्टासँगै एकछिन भुट्ने ।
अन्त्यमा आवश्यक मात्रामा पानी हालेर खुट्टाका टुक्राहरू गल्दासम्म सिटी लगाएर पकाउने ।
राम्रोसँग पाकेपछि निकालेर एउटा कचौरामा राखी हरियो धनियाँ छर्केर सर्भ गर्ने ।
गार्लिक सुप
आवश्यक सामग्री
१. सुकेको लसुन ५–६ पोटी
२. तेल ठूलो २ चम्चा
३. मैदा ठूलो १ चम्चा
४. नुन, मरिच, अजिनामोटो स्वादअनुशार
५. तातोपानी वा स्टक २ बाउल

बनाउने विधि
सर्वप्रथम लसुनलाई चप शेपमा काट्ने
सस प्यानमा तेल तताउने र लसुनलाई हल्का भुट्ने ।
लसुन हलुका खैरो भएपछि मैदा भुट्ने ।
मैदा हलुका खैरो भएपछि तातोपनी वा स्टक राख्ने ।
अन्तमा तातो पानी उम्लेपछि नुन मरिच धुलो, अजिनोमोटो राख्ने । यसरी केही समय उमालेपछि गार्लिक सुप तयार हुन्छ ।