April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

‘प्रेमगित ३’ ले उदेकलाग्दो व्यापार तताउँला त

‘प्रेमगित ३’ ले उदेकलाग्दो व्यापार तताउँला त

पुष ३, काठमाडौं ।
नेपाली फिल्मको व्यापार उदेकलाग्दो भएको छ । आशा गरिएका फिल्म समेत बक्सअफिसमा पछारिरहेका छन् । जसले गर्दा फिल्म निर्माण र प्रदर्शन गर्न तम्सिएका निर्माताहरु नराम्रोसँग डुबेको अवस्था छ । अझ नयाँ नाममा बनेका फिल्मको लगानी उठ्ने कुनै ग्यारेण्टी छैन् ।
पछिल्लो समय ब्रान्ड फिल्मका सिरिजलाई मनोरञ्जनको ग्यारेन्टी दिने फिल्मको रुपमा लिने गरिएको छ । यही कोटीमा पर्ने फिल्मको सिरिज हो, ‘प्रेमगीत’ । यो फिल्मका सिरिजले यह अगाडि दर्शकको विश्वास जितेको थियो । यही दौडानमा यसको तेस्रो श्रृंखला आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको नै प्रमुख भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङलगायतका कहलिएका कलाकारहरुको पनि फिल्ममा जोडदार अभिनय रहेको निमार्ण पक्षले बताएको छ । ‘प्रेमगीत ३’ को गएको १० दिनदेखि हिमाल पारीको जिल्ला मनाङमा छायांकन भैरहेको छ । फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौंको कीर्तिपुरमा भब्य सेट खडा गरेर खिचिएको थियो । इनडोर छायांकन पूरा भएपछि निर्माण टिम आउटडोर छायांकनका लागि मनाङ पुगेको छ । माइनस २६ डिग्री तापक्रमसम्म पनि टिमले मेहनतका साथ काम गरिरहेको छ । हिउँले सेताम्मे मनाङको डाँडा र हिउँ परिरहेको अवस्थामा छायांकन गरिएका केही तस्विरहरु निर्माण टिमले बाहिर ल्याएको छ । जति यस्को निर्माण पक्षले फिल्मका प्रायः सबै कलाकारको लुक्स छायांकन नसकिँदै एकएक सार्वजनिक गरेका छन् । निमार्ण पक्ष प्रचारका लागि पात्रदेखि दृश्य सार्वजनिक गर्दा आम दर्शकमा भने ‘प्रेमगीत ३’ प्रति दर्शकको कौतुहलता घट्दो छ ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनिरहेको यो फिल्म रिलिज हुन अझै ३ महिना बाँकी छ । हेरौ यो तीन महिना सम्म प्रेमगीतले कस्तो ब्यापारको अवस्था सृजना गर्दछ । केही वर्षयता वर्षेनी सयको आसपासमा नेपाली फिल्म निर्माण हुन्छन् । जसमध्ये चारदेखि पाँचवटा फिल्मले मात्र राम्रो ब्यापार गरेका छन् । बाँकीको हालत एकदम नाजुक छ । कतिले पर्दामा देखिन र आफूलाई प्रचारमा अब्बल तुल्याउन पनि फिल्म निर्माण गरिने गरेको छ ।
अहिले फिल्म नचलेर हरिविजोग छ । यो अवस्थामा आश गरिएका फिल्मको पनि सबै कुरा रिलिज अगावै बाहिर ल्याउने हो भने दर्शक किन र के हेर्न महँगो टिकट काटेर हल जाने ? यो सोचनीय विषय हो । ठूलो बजेटमा बन्न लागेको ‘प्रेमगीत ३’ को हरेक एक कुरा सुटिङ सेटबाटै सार्वजनिक गर्दै गर्दा भोली त्यसको असर व्यापारमा नपर्ला भन्न सकिन्न ।