May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

त्रिविको ४५ औं दीक्षान्त समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित

त्रिविको ४५ औं दीक्षान्त समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औं दीक्षान्त समारोहमा आज आयोजना गरिएको छ । समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक दीक्षान्तमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८४ विद्यार्थीले मात्र फारम भरेका छन् । गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कार समेत प्रदान गरिएको छ ।