May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सिभिल बैंक र बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

सिभिल बैंक र बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

बिहिबार ३ पौष २०७६
काठमाडौं – सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालीम सञ्चालन सम्झौता भएको छ । आधुनिक प्रविधियुक्त बैंकिङ सेवामा विशेष ध्यान दिँदै दक्ष जनशक्तिद्वारा ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्झौता गरेको हो । सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि तालीम उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।