May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त

बिहिबार ३ पौष
काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त अनुज अग्रवालले बुधवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिमा नेपाल सरकारबाट रामशरण पुडासैनी मनोनीत भएका छन् भने अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी बैंकको प्रथम वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्र्वा्चित भएका हुन् । शपथ ग्रहणमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिला तथा इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट सञ्चालक चन्द्रप्रसाद ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र कम्पनी सचिव ईश्वरबन्धु गौतम उपस्थित थिए ।