बाबा रामदेवको पतञ्जलीले किन्यो खाद्यान्न उत्पादन गर्ने कम्पनी, रामदेवको अहिलेसम्मकै ठूलो डिल

बाबा रामदेवको पतञ्जलीले किन्यो खाद्यान्न उत्पादन गर्ने कम्पनी, रामदेवको अहिलेसम्मकै ठूलो डिल

बिहिबार ३ पौष २०७६
नयाँ दिल्ली – चर्चित योग गुरू बाबा रामदेवले एउटा टाट उल्टिएको कम्पनी ’अक्वायर’ गरेका छन् । टाट उल्टिएको भनेर घोषित भएको ’रुची सोया’ लाई रामदेवले किनेका हुन् । यो खाद्य तथा तेल कम्पनी हो । पतञ्जली आयुर्वेदले बुधबार ४३५० करोड भारुमा कम्पनी किनेको हो । पतञ्जलीले गरेको यो अहिलेसम्कै ठूलो अधिग्रहण हो । पतञ्जलीले रुची सोया ’इन्सल्भेन्सी’ प्रक्रियामार्फत खरीद गरेको हो । पतञ्जलीका प्रवक्ता एसके तिजारावालाले अक्वायर गर्ने सबै प्रक्रिया सकिएको र पैसा पनि जम्मा गरिदिएका छन् । डिसेम्बर १७ मा राष्ट्रिय कम्पनी विधि न्यायाधिकरण (एनसीएलटी) ले इन्सल्भेन्सी प्रक्रियामार्फत रुची सोयाको लिलामी गर्न आदेश दिएको थियो । यही वर्षको सुरुवातमा पतञ्जलीले रुची खरिद गर्न स्वीकृति पाएको थिया े। तेल तथा खाद्यान्न उत्पादन गर्ने कम्पनी रुची सोयामाथि बैंकको ९३४५ करोड भारु बैंक ऋणको दायित्व थियो । यो ऋण भारतीय स्टेट बैंक (एसबिआइ) को नेतृत्व अन्य बैंकहरूले दिएका थिए । यसमा एसबिआइको १८०० करोड, सेन्ट्रल बैंक अफ इण्डियाको ८१६ करोड, पञ्जाब नेशनल बैंकको ७४३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६०८ करोड ऋण थियो।