April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

एनसेलको असीमित कुराकानीको नया अफर आजबाट सञ्चालनमा

एनसेलको असीमित कुराकानीको नया अफर आजबाट सञ्चालनमा

बिहिबार ३, पौष २०७६
काठमाण्डौ – एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्क िभत्रका आफ्ना साथीभाइ तथा आफन्तजनसँग रातको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क्भित्र रहेका आफ्ना साथीभाइ तथा आफन्तजनसँग बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र रु. १० (रु. १२.७७ करसहित) मा असीमित कुराकानी गर्न सक्नेछन् । यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबार (पुष ३) देखि सञ्चालनमा रहनेछ । । यो अफर चत्रै ४ गतेसम्म सञ्चालनमा रहनेछ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्याच डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयू’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घन्टाका लागि मान्य हुनेछ ।