April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

मुक्तिनाथ विकास बैंकको नयाँ सञ्चालक समितिद्वारा शपथ ग्रहण

मुक्तिनाथ विकास बैंकको नयाँ सञ्चालक समितिद्वारा शपथ ग्रहण

०४ पौष, २०७६,काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि चयन गरेको सञ्चालक समितिले बिहीवार शपथ ग्रहण गरेको छ ।
सभाले संस्थापक शेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीका तर्फबाट निर्मलाकुमारी केसी र शालिग्राम मिश्रलाई सर्वसम्मतले चयन गरेको थियो ।
समितिका अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । अन्य नवनिर्बाचित सञ्चालकलाई समितिका अध्यक्ष ढकालले शपथ ग्रहण गराए ।
बैंकका हाल ४२ जिल्लामा १३४ ओटा शाखा सञ्चालनमा छन् ।