May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

मुशर्रफको शवलाई तीन दिन झुण्ड्याउन अदालतको आदेश

मुशर्रफको शवलाई तीन दिन झुण्ड्याउन अदालतको आदेश

०४ पौष, २०७६,काठमाण्डौ । पाकिस्तानको लाहोर उच्च अदालतले मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठ सार्वजनिक गर्दै त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको मृत्युदण्डअघि नै मृत्यु भए उनको शवलाई तीन दिन झुण्ड्याउन आदेश दिएको छ ।
पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ ।
मुसर्रफलाई तीनवटा देशद्रोहका मुद्दासहित ५ वटा मामिलामा दोषी ठहराइएको छ ।
पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे ।

मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निश्कर्ष छ ।
७६ वर्षीय पूर्वसैनिक शासक मुसर्रफ अहिले दुबईमा उपचारमा छन् ।