May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सुनको मुल्य स्थिर

सुनको मुल्य स्थिर

०४ पौष, २०७६,काठमाण्डौ । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य भने हल्का बढेको छ । बिहीबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने १ रुपियाँले बढेर ७१ हजार ३ सय निर्धारण गरिएको छ ।

चाँदीको भाऊ भने आज पनि स्थिर छ बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।