May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कपिलवस्तुमा तोरी उत्पादन दश प्रतिशतसम्म बृद्धि हुने अपेक्षा

कपिलवस्तुमा तोरी उत्पादन दश प्रतिशतसम्म बृद्धि हुने अपेक्षा

०४ पौष, २०७६,काठमाण्डौ । यसवर्ष तोरी खेती गर्ने सिजनमा हरेक हिसावले तोरी खेतीका लागि मौसम उपयुक्त भएकोले तथा बीउ, मलखाद तथा सिँचाइको सुविधा भएकाले कपिलवस्तुमा उत्पादन बढ्ने भएको छ ।
‘गतवर्ष समयमै मल, बीउ पाउन मुस्किल भएकोले समयमै तोरी छर्न नपाउँदा तोरी सोंचेजति उत्पादन हुन सकेको थिएन । तर यो वर्ष सबै हिसावले तोरी खेतीका लागि उपर्युक्त समय भएकाले तोरी उत्पादन दश प्रतिशतसम्मले बृद्धि हुन सक्ने अपेक्षा गरीएको छ ।
अघिल्लो वर्ष मल नपाउँदा किसान भारतीय मल प्रयोग गर्न बाध्य थिए । किसानले कम पोषकतत्व भएको मल जथाभावी प्रयोग गर्दा उत्पादनमा ह्रास आएको थियो ।

केन्द्रका अनुसार यस वर्ष जिल्लामा २ हजार ८ सय १५ हेक्टर जमिनमा तोरी खेती भएको छ । तोरी खेतीबाट कपिलवस्तुमा वार्षिक प्रतिहेक्टर ९ सय ८० केजी तोरी उत्पादन हुने गरेको छ । कपिलवस्तुमा कुल खेतीयोग्य जमिन १ लाख ७३ हजार ८ सय हेक्टर छ ।