April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

यो जाडोमा यसरी गर्नुस् छाला र कपालको हेरचाह

यो जाडोमा यसरी गर्नुस् छाला र कपालको हेरचाह

०४ पौष, २०७६,काठमाण्डौ । आजभोली जाडो निकै बढ्दै गइरहेको छ । गर्मी याममा भन्दा जाडोमा छाला धेरै चिलाउने गर्छ । यो समयमा छाला फुस्रो हुनुका साथै पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्ने भएकाले छाला फुस्रो हुने, चिलाउने तथा चाया आउने, जस्ता समस्या बढी देखिन थाल्छ । यसकारण हामीले आफ्नो छालाको राम्रोसंग ख्याल राख्नु पर्छ ।
हरेक मानिसको भिन्दाभिन्दै प्रकारको छाला हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सुख्खा । त्यसैले धेरै ओयली स्कीनलाई समय समयमा स्क्रब गर्नुपर्छ र अयल फ्रि क्रिम प्रयोग गर्नुपर्छ । सुख्खा छालामा वाटर बेस क्रिम वा मोइस्चराइजर लगाउन सकिन्छ भने बडी लोसन वा ओलिभ तेल पनि उपयुक्त हन्छ ।
जाडोमा हल्का मेकअप गर्नुपर्छ । आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाउने । जाडो मौसममा अनुहार ड्राई हुने हुँदा कम्प्याक्ट पाउडर लगाउनु हुँदैन ।
जाडो मौसममा छालालाई सुख्खा र फुस्रो मात्र बनाउँदैन । तर, यसले कपालमा पनि प्रभाव पार्दछ । कपाल टुक्रिएर र कमजोर भई झर्न थाल्छ ।
कपाललाई लामो र नरम बनाउन मेथी प्रयोग गर्नुहोस् । यसका लागी ४ चम्चा मेथी रातभरी भिजाउनुहोस् । यसमा ४ चम्चा घ्युकुमारी को जेल , २ ÷३ खालका फलफूल, १ चम्चा मह र १ चम्चा जैतुनको तेल राख्नुहोस् । यसरी चिल्लो पेस्ट बनाउनुहोस । अब यसलाई स्क्याल्प र कपालको टुप्पोमा राम्रोसंग लगाउनुहोस । यसलाई १५–२० मिनेट सम्म राख्नुहोस र त्यसपछि यसलाई स्याम्पु प्रयोग गर्नुपर्दछ ।
त्यस्तै, एउटा कचौरामा दही र केही जैतुनको तेल राख्नुहोस् र तालुमा माक्सको रुपमा प्रयोग गर्नुहोस् । यसलाई करिव ४५ मिनेट सम्म राख्नुहोस् । त्यसपछि यसलाई स्याम्पु गर्नुहोस् । तपाईँ यो मास्क दैनिक प्रयोग गर्न सक्नुहुनेछ र एक हप्ता भित्र यसको प्रभाव देख्नुहुनेछ ।