पेप्सी सिहत पेय पदार्थ उत्पादक वरुण वेभरेजविरुद्ध काठमाडौ अदालतमा मुद्धा, एक अर्ब २९ करोड दाबी

पेप्सी सिहत पेय पदार्थ उत्पादक वरुण वेभरेजविरुद्ध काठमाडौ अदालतमा मुद्धा, एक अर्ब २९ करोड दाबी

पुष ४, काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले पेप्सीसहितका पेय पदार्थ उत्पादक वरुण वेभरेजविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । स्थायी लेखा नम्बर ३०००४५४९५ रहेको वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ । विभागले वरुण वेभरेजका र यसका पूर्व तथा वर्तमान सञ्चाल अमित गुप्ता, प्रविनकुमार अग्रवाल, रविकान्त जयपुरिया, रोहित कोहली, विनोद सिंह र अशोक गुप्ताबाट बिगो असुल गरी तीन वर्षको कैद सजायकोसमेत माग दाबी गरेको छ । वरुण वेभरेजका सातजनाविरुद्ध ६४ करोड ९६ लाख दुई हजार ३४० बिगो र बिगोको दोब्बर एक अर्ब २९ करोड ९२ लाख चार हजार ६८० समेत गरी एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । वरुण वेभरेजल प्रालिकोे राजश्व चुहावट गर्ने मनसाय राखी नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरेको पाइएको छ । उनीहरुले नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्मबाट कर बिजक खरिद गरी राजश्व चुहावट गरेको पाइएको छ ।