May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

ग्लोबल आईएमई विराटनगर शाखा द्वारा बीमादाबी भुक्तानी

ग्लोबल आईएमई विराटनगर शाखा द्वारा बीमादाबी भुक्तानी

शुक्रबार ४ पौष २०७६
काठमाडौं – ग्लोबल आईएमई बैंकको विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खातावाहक स्व. अन्जलीकुमारी माझीको बीमादाबी रकम रू. ५ लाख निजको परिवारलाई भुक्तानी गरेको छ । ग्लोबल आईएमई बैंक, प्रदेश १ का सहायक प्रमुख सुजन श्रेष्ठ तथा स्व. माझी कार्यरत न्यूरो कार्डियो एन्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्टले उनको परिवारलाई रकम हस्तान्तरण गरेका थिए । बैंकका देशभर २६६ ओटा शाखा, ३४ ओटा राजस्व संकलन तथा एक्स्टेन्शन काउन्टर, २५९ एटीएम तथा २४६ शाखारहित सेवा तथा नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् ।