May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कृषि विकास बैंकको १३ औ वार्षिक साधारणसभा पुस २७ ,बुक क्लोज कहिले ?

कृषि विकास बैंकको १३ औ वार्षिक साधारणसभा पुस २७ ,बुक क्लोज कहिले ?

शुक्रबार ४ पौष २०७६
काठमाडौं – कृषि विकास बैंकले पुस २७ गते १३ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले यस अगाडि ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । उक्त लाभांश पुस १० गतेसम्म शेयर खरिद गर्ने प्राप्त गर्न सक्नेछन् । हालको चुक्ता पुँजी ९ अर्ब १५ करोड रुपैयाँ छ । यसको ६ प्रतिशत बोनस शेयर प्रदान गरेपछि साधारण शेयर पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ ।बैंकले नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । वितरणयोग्य संचित मुनाफाबाट बोनस शेयर र गत वर्षको नाफाबाट नगद लाभांश दिने भएको हो।साधारणसभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ