May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

शिखर इन्स्योरेन्सको इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान

शिखर इन्स्योरेन्सको  इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान

शुक्रबार ४ पौष २०७६
काठमाडौं – शिखर इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा रू.३१ करोड ७१ लाख ९३ हजार २०० को हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २८ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङले हकप्रदमा लगानी गर्दा यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।