पूर्वका उद्योगी व्यवसायीले अर्थमन्त्री सित राखे कडा माग

पूर्वका उद्योगी व्यवसायीले अर्थमन्त्री सित राखे कडा माग

पुष ५, काठमाडौं ।
उद्योग व्यापार क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन् । उनीहरुले औद्योगिक ग्राम स्थापना गरिनुपर्ने माग सरकार सित राखेका हुन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिले काठमाडौंमा अर्थमन्त्री युवराज खतिवडालाई भेटेर समस्या समाधानको मागसहितको ज्ञापनपत्र बुझाएका छन् । संम्पूर्ण औद्योगिक पूर्वाधार विद्युत, टेलिफोन, सडक, पानी, सुरक्षा सहित उद्योग स्थापनाका लागि सुनसरीको अमडुवामा रहेको ६५० विघा जग्गामा औद्योगिक ग्राम स्थापना गर्न उद्योगीको माग छ । बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याज तथा बैंक र बिमा कम्पनीहरुको अघोषित सिण्डीकेटलाई अविलम्ब तोडी उद्योगमा बढीमा ७ प्रतिशत र वाणिज्य व्यापारमा ९ प्रतिशतमा ब्याजमा नबढाई सरलीकृत कर्जा उपलब्ध गराउन मोरङ व्यापार संघले माग गरेको छ । प्रदेश १ का औद्योगिक उत्पादन लगायत कृषिजन्य वस्तुहरु एवं पहाडी जिल्लामा उत्पादन हुने जडिबुटी जस्ता विभिन्न वस्तुहरुको प्रदर्शन गर्न प्रदर्शनी गर्न अन्र्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको माग गरेका हुन् ।