प्रहरीद्धारा २० करोडको कोकिन सहित चार विदेशी भरिया नियन्त्रणमा

प्रहरीद्धारा २० करोडको कोकिन सहित चार विदेशी भरिया नियन्त्रणमा

पुष ६, काठमाडौ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली र अन्र्तराष्ट्रिय विमानस्थलको टोलीले ६ किलो कोकिन सहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शनिबार राति विमानस्थलबाट दुई जना विदेशी नगारिकसँगबाट ४ केजी र अप्रेसन गर्दै जाँदा ठमेलबाट दुई जनालाई दुई केजी कोकिनसहित नियन्त्रणमा लिइएको हो ।


गत मंगलबार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको थियो । उनी फ्लाई दुबईको विमानबाट काठमाडौं आएकी थिइन् । यसअघि पनि प्रहरीले आइभेरिकोष्टका एक नागरिकलाई १ किलो ६ सय ग्राम कोकिनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको कोकिनको अन्र्तराष्ट्रिय मूल्य २० करोड रुपैयाँभन्दा बढी हुन अनुमान छ ।