अपहरीत शाही श्रीमती फेलाः अध्यक्ष शाहीको अवस्था भने अज्ञात

अपहरीत शाही श्रीमती  फेलाः अध्यक्ष शाहीको अवस्था भने अज्ञात

पौष ६, २०७६, काठमाडौ । अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही दम्पती मध्ये शाही श्रीमती इला सकुुशल जंगलमा फेला परेकी छिन् । उनीहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट गएराति साढे १२ बजेतिर अपहरणमा परेका थिए ।
अध्यक्ष शाहीलाई कालीकोटतर्फ लिएर गएको अनुमान गरिएतापनी हालसम्म उनको अवस्था अज्ञात छ ।
उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको बताइएको छ ।