यो हो नि त वैवाहिक जिवनमा रोमान्स भर्ने काइदा

यो हो नि त वैवाहिक जिवनमा रोमान्स भर्ने काइदा

पौष ६, २०७६, काठमाडौ । भनिन्छ— वैवाहिक जीवन सफल, सुखी, समृद्धि एवं सुदृढताको तथा सुखमय बनाउनका लागि पतिपत्नी दुबैको उत्तीकै हात हुन्छ । वैवाहिक जीवन सुखी र शान्त हुनु भनेको पृथ्वीमै स्वर्गको भोग गर्नु हो ।
वैवाहिक जीवनमा साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ । श्रीमान, श्रीमती बीचको कुरा तेस्रो व्यक्तिलाई सुनाउन र सुन्न दिनुहुँदैन, त्यसले घरमा सधैं झगडा पर्नसक्छ ।
वैवाहिक जीवनमा अलिअलि ठाकठुक हुनु सामान्य हो, अगुल्टो नठोसी आगो त बल्दैन भने आपसी सम्बन्धमा तर्क, वितर्क, वादविवाद हुनु सामान्य नै हो । यस्तो अवस्थामा प्रेमपूर्वक आप्mनो तर्क राख्नुपर्छ तर, आफ्नो तर्क राख्ने क्रममा भाषा एवं हाउभाउमा क्रोध तथा अहंकार मिसिएको हुनु हुँदैन ।
ओछ्यानमा रहदा केवल एकअर्काको कुरा गर्नुपर्छ ।
जीवनसाथीबाट विगतमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बारम्बार उल्लेख गरिरहनु हुँदैन । पुराना गल्ती कमजोरीलाई भुलेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ ।

एक अर्कामा हार्नु, पराजय स्वीकार गर्नु नै दाम्पत्य जीवनमा सफलता पाउनु हो । जसले गर्दा वैवाहिक जीवन सधैं सुखमय रहन्छ ।