April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नेपाल बैंकद्वारा वी विल राइज फाउन्डेशन लाइ १५ लाख सहयोग

नेपाल बैंकद्वारा वी विल राइज फाउन्डेशन लाइ १५ लाख सहयोग

पौष ६, २०७६, काठमाडौ । नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ‘वी विल राइज फाउन्डेशन’लाई रू. १५ लाख सहयोग गरेको छ । उक्त रकम ‘डेभिड लामा बिवाक’ निर्माणमा प्रयोग गरिने छ् ।
‘बिवाक’ पर्वतारोहणको क्रममा वास बस्न स्टील लगायत सामग्रीद्वारा बनाइने घर हो । एक कार्यक्रमबीच सो रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले फाउन्डेशनका फुर्वा तेन्जिङ शेर्पालाई गत बुधवार हस्तान्तरण गरेका थिए ।
यो बासस्थान पर्यटक, पर्वतारोही तथा भरियाले रोल्वालिङबाट तासी लाक्पा पास हुँदै थामेसम्म जाँदा प्रयोग गर्न सक्नेछन् ।