May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सनराइज र उद्योग परिसंघबीच समझदारीः महिला उद्यमीलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा

सनराइज र उद्योग परिसंघबीच समझदारीः महिला उद्यमीलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा

पौष ६, काठमाण्डौ । महिला उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा सनराइज बैंक र नेपाल उद्योग परिसंघबीच शुक्रवार समझदारी भएको छ ।
समझदारीपत्रमा सनराइजका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा परीसंघका महानिर्देशक मेघनाथ न्यौपानेले एक समारोहबीच हस्ताक्षर गरे ।
समारोहमा परिसंघका अध्यक्ष सतीशकुमार मोरले औद्योगिक क्षेत्रमा महिलाहरूको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले परिसंघसँगको सहकार्यमा महिला उद्यमीलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । समझदारीअनुसार बैंकले महिला उद्यमीका लागि रू. १५ लाखसम्मको सहुलियतपूर्ण कर्जा लिँदा स्वीकृत ब्याजदरमा ६ प्रतिशतसम्मको छूट प्रदान गर्नेछ ।
त्यस्तै बैंकले नयाँ खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा लकर सुविधामा पहिलो वर्षको वार्षिक शुल्कमा पूर्ण छूट दिने भएको छ् । समझदारीसँगै परिसंघमा आबद्ध सम्पूर्ण उद्यमी÷महिला सदस्यको उद्यमशीलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज, अनुदान तथा कर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ ।