कुमारी बैंकले १० वर्ष को लागि ऋणपत्र निष्कासन

कुमारी बैंकले १० वर्ष को लागि ऋणपत्र निष्कासन

पौष ६, काठमाण्डौ । कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशित ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबिबिबि प्लास ग्रेडिङ प्रदान गरेको छ । साथै आवेदकले सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा आवेकले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन बन्द छिटोमा पुस १७ र ढिलोमा माघ १४ गतेसम्म रहेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।