June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गरिमा विकास बैंकको धादिङ्ग वेशीमा शाखा

गरिमा विकास बैंकको धादिङ्ग वेशीमा शाखा

पुस ७ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ पौष ६गते आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाज्यूलेगर्नुभएको हो ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालज्यूले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पूँजी उपलब्ध गराई त्यस क्षेत्रको ओधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगाना ज्यू निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष श्री होमनाथ रिजालज्यू, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्षश्री रुद्र बहादुर खत्रीज्यू, विकास बैंकका सञ्चालक श्री विमल पाण्डे ज्यू, नायब महाप्रबन्धक श्री माधव प्रसाद उपाध्यायज्यू लगायतले मन्तव्य राख्नुभएको थियो ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५ गते सम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।